पूर्वसभामुख ढुंगानाको निधनले दुःखी तुल्याएको छ : अध्यक्ष दाहाल

राम्रो अनलाइन     ०२ मंसिर २०८१, आइतबार
पूर्वसभामुख ढुंगानाको निधनले दुःखी तुल्याएको छ : अध्यक्ष दाहाल

 

काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनले दुःखी बनाएको बताएका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ। नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उहाँले पुर्‍याएको योगदानलाई सदैव सम्झिरहनेछन्। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया