प्रवासीको कथामा ‘परदेशी २’

राम्रो अनलाइन     ०४ असोज २०८०, बिहिबार
प्रवासीको कथामा ‘परदेशी २’


काठमाडौँ–नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज २६ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पीडालाई देखाइएको छ । 

चलचित्रमा परदेशीको जीवन देखाइएको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, ‘हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।’ उनले चलचित्रका कलाकार मोफसल यात्रामार्फत दर्शकसँग भेटघाट गरिरहेको जानकारी दिए।

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गरेका छन् । चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन्।
 

प्रतिक्रिया