काठमाडाैं – रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद् अवरोध गर्दै आइरहेको हाे ।
राप्रपाका सांसदहरूले बैठक छाडेर निस्किएका छन् भने रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन् ।