प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्ष समूहले आज सिटी जुलुस गर्ने भएको छ । ले मंगलबार सिटी जुलुस गर्दैछ। तेस्रो चरणको आन्दोलन घोषणा गरेको सो समूहले अपराह्न ३ बजेदेखि लैनच लैनचौरबाट जुलुस निकाल्ने भएको हो ।
जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
भोलि १४ गतेदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिने कार्यक्रम छ । यसअघि प्रचण्ड-माधव समूहले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।