प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश, असार ९ देखि निरन्तर सुनुवाइ हुने

राम्रो अनलाइन     २६ जेठ २०७८, बुधबार
प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश, असार ९ देखि निरन्तर सुनुवाइ हुने

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा कारण देखाउ आदेश दिएको छ। बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो।

इजलासमा रहेका रिट निवेदकका वकिल गोविन्द बन्दीले दिएको जानकारी अनुसार इजलासले यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभाका बहुमत सदस्यले हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत ३० मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

प्रतिक्रिया