प्रतिनिधि सभा पुनःस्थापना भएपछि बल्ल भेटे प्रधानमन्त्रीले सभामुखलाई 

राम्रो अनलाइन     १५ चैत २०७७, आइतबार

काठमाडौँ ।प्रतिनिधिसभालाई प्रभावकारी र जीवन्त बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बाालुवाटारमा भएको छलफलमा उनीहरुबीच सङ्घीय संसद्मा विचाराधिन रहेका महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो । 

प्रतिनिधि सभालाई कसरी जीवन्त र जनमुखी बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।  प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधिसभाको बैठक सञ्चालनको समग्र प्रक्रियाबारे कुराकानी न्यौपानेले बताए ।

गत फागुन ११ गते प्रतिनिसभाको पुनःस्थापना भए पनि हालसम्म बैठक महत्वपूर्ण कार्यसूचीमा प्रवेश गरेको छैन । हिउँदे अधिवेशनलाई विशेष गरी विधेयक अधिवेशनका रुपमा लिइन्छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गतेका लागि बोलाइएको छ । 
 

प्रतिक्रिया