प्रकाश सपुतको ‘पिर’ लाई लिएर उत्तेजित नहुन पार्टीपंक्तिलाई प्रचण्डको अपिल

राम्रो अनलाइन     ३० फागुन २०७८, सोमबार
प्रकाश सपुतको ‘पिर’ लाई लिएर उत्तेजित नहुन पार्टीपंक्तिलाई प्रचण्डको अपिल

 

काठमाडौँ–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका विषयमा हुने तर्करवितर्कमा उत्तेजित नहुन पार्टीपंक्तिलाई अपिल गरेका छन्।  धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पिर’ले सिर्जना गरेको बहसमा आफ्नो धारणा राख्दै उत्तेजित नहुन आग्रह गरेका हुन्।

प्रचण्डले उत्तेजित नहुन आग्रह गरेका बेला माओवादी केन्द्रनिकट भ्रातृ संगठन भने जनयुद्धको अपमान गर्ने गीतको भिडियो तुरुन्त हटाएर माफी माग्न गायक सपुतलाई चेतावनी दिइरहेका छन्। उनीहरूले माओवादीलाई बद्‌नाम गर्न प्रतिगमनको संरक्षणमा सुनियोजित रुपमा भिडियो बनाएको आरोप लगाइरहेका छन्।

महिलाहरू जनयुद्धका बेलामा वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन्। राज्यबाट भएका दमन र अत्याचारका कुरा पनि छन्। त्यस कारण यस विषयमा कोही उत्तेजित हुनुपर्ने छैन। तर्कवितर्क हुन्छन्। पक्ष र विपक्ष हुन्छ। त्यसलाई सहज रुपमा लिनुपर्छ।’

यस्तो बेलामा दाहालले आफूले व्यस्तताका कारण गीत हेर्न नपाएको उल्लेख गर्दै अहिले भइरहेको बहस सयौं वर्षसम्म चल्ने बताए। जनयुद्ध र शान्ति प्रक्रियाको राम्रो र नराम्रो दुवै पक्ष भएको र दुवै पक्षमा पूर्वलडाकुहरू विभाजित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसमा हुने बहसलाई लिएर कोही उत्तेजित हुन जरुरी नरहेकोमा जोड दिए।

‘जनयुद्ध सहभागी सयौंको संख्यामा लडाकुहरू कतार, मलेसियामा दुस्खपूर्ण जीवन बिताइरहेका छन्। त्यस्तो दुस्ख गरेर पनि तपाईंलाई अप्ठ्यारो पर्‍यो भने फेरि साथ दिन्छौं। जस्तोसुकै त्याग गर्छैं भन्ने पनि छन्। जनयुद्धबाट उत्पीडित जातिले देशले अधिकार पायो भने गर्व गरेका बसेका पनि छन्,’ उनले भने, ‘बर्बाद पार्‍यो माओवादीले शान्ति प्रक्रियामा ल्याएर भन्ने पनि छन्।’

उनले प्रकाश सपुतले भिडियोमा देखाएको महिला लडाकु शरीर बेच्न बाध्य छन् भन्ने दृश्यको प्रतिवाद हुने गरी भने, ‘महिलाहरू जनयुद्धका बेलामा वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन्। त्यतिबेला राज्यबाट भएका दमन र अत्याचारका कुरा पनि छन्। त्यस कारण यस विषयमा कोही उत्तेजित हुनुपर्ने छैन। तर्कवितर्क हुन्छन्। पक्ष र विपक्ष हुन्छ। त्यसलाई सहज रुपमा लिनुपर्छ। यो सयौं वर्ष रहन्छ।’

प्रतिक्रिया