प्रधानमन्त्री ओलीसँग रोमानियाका राजदूतको बिदाइ भेट

राम्रो अनलाइन     ३० भदौ २०८१, आइतबार
प्रधानमन्त्री ओलीसँग रोमानियाका राजदूतको बिदाइ भेट

 

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले बिदाइ भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए। भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो। यस्तै दुवै देशमा आ आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो।

भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

प्रतिक्रिया