प्रधानमन्त्री ओलीद्वारा राजीनामा

राम्रो अनलाइन     २४ भदौ २०८२, मङ्गलबार
प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले  मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै  आज पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । 

विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत भएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए। 

प्रतिक्रिया