प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेट वार्ता हुने

राम्रो अनलाइन     ०६ असोज २०८१, आइतबार
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेट वार्ता हुने

 

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका सरकार प्रमुखहरुसँग भेटवार्ता गर्दैछन्।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ । स्थानीय समय अनुसार आज अपरान्ह ५ः३० बजेदेखि ६ः०० बजेसम्म प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँगको भेट अघि प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री डासो छिरिङ तोग्बेबीच भेटवार्ता हुनेछ ।
यसैगरी प्रधानमन्त्री ओली र कुबेतका राजकुमार शेख सबाह अल खालेद अल हमाद अल मुबारक अल सबाहसँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।

प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघीय मानवाधिकार परिषद्का अधिकारीहरुले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री ओलीले आज बेलुका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्। 

प्रतिक्रिया