प्रधानमन्त्री ओली बाइडेनकाे स्वागत समारोहमा सहभागी

राम्रो अनलाइन     ११ असोज २०८१, शुक्रबार
प्रधानमन्त्री ओली बाइडेनकाे स्वागत समारोहमा सहभागी

 

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन्।

प्रधानमन्त्री ओलीले गएराति संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ।

प्रतिक्रिया