नेकपा प्रचण्ड-माधव समूहले बिहीबार आम हडताल गर्ने भएको छ ।
बुधबार 'संविधान विपरीत' (संसदीय सुनुवाइबिना) संवैधानिक निकायमा सिफारिस गरिएकालाई सपथ गराएपछि पूर्वनिर्धारित कार्यक्रमलाई परिमार्जन गर्दै हडताल गर्ने सो समूहका नेताले बताएका छन् ।
यसबारे दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताइएको छ ।