फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई कारबाही गर्ने पत्र कर्णाली प्रदेशसभामा दर्ता

राम्रो अनलाइन     १२ वैशाख २०७८, आइतबार
फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई कारबाही गर्ने पत्र कर्णाली प्रदेशसभामा दर्ता

सुर्खेत । नेकपा एमालेले  फ्लोर क्रस गरी मतदान गरेका कर्णाली प्रेदशका चारजना सांसदलाई  प्रदेश सभा सदस्यबाट निष्कासन गरेको छ । निष्कासन गरिएको सूचनासहितको कारबाही पत्र आइतबार कर्णाली प्रदेश सभामा दर्ता भएको हो ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा फ्लोर क्रस गरी मतदान गरेर सरकार बचाउन भूमिका खेलेको भन्दै चार सांसदलाई निष्कासन गरेका हुन् । 

पदमुक्त हुने प्रदेश सभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।

सांसदहरूलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा  दर्ता गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी गराए  । उनले भोली सोमबार हुने प्रदेशसभाको बैठकमा कारबाहीको पत्र छलफलमा लैजाने बताए ।

हाउस नचलेको अवस्थामा पत्र सूचना वोर्डमा टाँस हुने भएपनि हाउस भोलि भएको हुँदा उक्त कारबाही पत्र त्यसमै छलफल हुनने सचिव बुढाथोकीले बताए ।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको  शुक्रबार बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया