ओली-देउवा भेट लगत्तै अर्थमन्त्रीले बोलाए ‘गभर्नर सिफारिस समिति’को बैठक

राम्रो अनलाइन     ०६ जेठ २०८२, मङ्गलबार
ओली-देउवा भेट लगत्तै अर्थमन्त्रीले बोलाए ‘गभर्नर सिफारिस समिति’को बैठक

काठमाडौं– गभर्नर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन्।

पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। समितिले राष्ट्र बैंकको सम्भावित गभर्नरमा तीनजनाको नाम सिफारिस गर्ने छ। समितिले सिफारिस गरेकामध्येबाट एकजना गभर्नर नियुक्त हुनेछन्।

अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य छन्।

आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो। उक्त भेटपछि अर्थमन्त्रीले सिफारिस समितिको बैठक आह्वान गरेका हुन्।

प्रतिक्रिया