काठमाडौंँ, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु ‘प्रतिगमन’ नभई जनतालाई दलबारे मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेशप्राप्त हुनु लोकतन्त्रको विशेषता भएको बताएका छन् ।
गणतन्त्र दिवस र आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु रहेको जनाउँदै नीतिहीन गठबन्धनको भ¥याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनीतिक झेली काम तथा जनताप्रति अविश्वास गर्नुभएको बताए ।