नेपाली कांग्रेसले मानव साङ्लो बनाएर विरोध गर्दै

राम्रो अनलाइन     २४ माघ २०७७, शनिबार
नेपाली कांग्रेसले मानव साङ्लो बनाएर विरोध गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ । 

कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतका अनुसार मध्यान्ह साढे १२ बजे ७७ वटै जिल्लामा मानव साङ्लो बनाएर विरोध गरिनेछ ।

नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् । काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ ।

विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् । कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ्ग गरेपछि असंवैधानिक भनेर विरोध गर्दै आएको छ । कांग्रेसले निरन्तर प्रदर्शनहरू गर्दै आएको छ ।

कांग्रेसले संसद भङ्ग भएको मुद्दा सर्वोच्च अदालतमा रहेको भन्दै न्यायालयलाई प्रभावित बनाउने गरेर कुनै पनि गर्न नहुने जनाउँदै आएको छ । कांग्रेसले सर्वोच्च अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्ने बताएको छ ।
 

प्रतिक्रिया