नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ : प्रचण्ड

राम्रो अनलाइन     २८ माघ २०७७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई कमजारे नठान्न चेतावनी दिएका छन् । सो पार्टीले बुधबार काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै ‘नेपाली जनतलाई नहेप्न’ चेतावनी दिएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘यो २१औँ शताब्दीको जनता हो, जसले अढाई सय वर्ष पुरानो सामन्ती सत्तालाई ढालेर फाल्दियो’, उनले भने, ‘नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’

उनले सो अढाई सय वर्ष पुरानो राजतन्त्र केपी ओली नभई उनीबाहेकका नेताको टिमले फालेको दाबीसमेत गरे । ‘केपी ओलीले त्यो सत्ता फालेका होइनन् । म, माधव नेपाल, झलनाथ खनाललगायतको टिमले फालेको हो’, उनले भने ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै नेकपा दुई भागमा विभाजित छ । यससँगै प्रचण्ड–माधव समूहले संसद पुनस्थापनाका लागि सडक आन्दोलन गर्दै आएको छ ।
 

प्रतिक्रिया