नेकपाको कुनै पनि समूहलाई आधिकारिकता दिएका छैनौँ : निर्वाचन आयोग

राम्रो अनलाइन     १६ माघ २०७७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुनै समूहलाई आधिकारिकता नदिएको निर्वाचन आयोगले बताएको छ ।

नेकपाको ओली तथा प्रचण्ड–माधव समूहले छुट्टाछुट्टै निर्णयसहितको आधिकारिकता माग गरेका थिए । दुबै समूहको मागलाई आयोगले माघ ११ गते बसेको बैठकमार्फत् अस्विकार गरेको थियो ।

त्यसपछि आयोगले शुक्रबार दुबै समूहलाई छलफलमा बोलायो । यद्यपि प्रचण्ड–माधव समूहले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै केही दिन समय दिन आग्रह गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरी पौडेलका अनुसार ओली समूहका नेताहरु चिया गफ मात्र भएको छ । उनका अनुसार आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्नेछ ।

‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन ।’ उनले भने, ‘नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’

प्रतिक्रिया