नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा जुलुस निकाल्दै, कहाँ-कहाँबाट निस्कदैछ जुलुस ?

राम्रो अनलाइन     २८ माघ २०७७, बुधबार
नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा जुलुस निकाल्दै, कहाँ-कहाँबाट निस्कदैछ जुलुस ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज राजधानीमा जुलुस निकाल्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको सो समूहले बुधबार बृहत् जुलुस निकाल्ने भएको हो ।

जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।

कहाँ कहाँबाट निस्कदै छ जुलुस ?
जुलुस बिहान ११ बजे सुरु हुनेछ । जुलुस राजधानीका विभिन्न ५ स्थानबाट निस्कनेछ । 

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस सुरु हुने नेकपाले सूचना जारी गर्दै बताएको छ । सूचनाअनुसार ती स्थानबाट मूल जुलुस निस्कने सुन्धारातिर लाग्नेछ ।

मूल जुलुस १२ बजे सुरु हुने बताइएको छ ।

जुलुसमा २ लाख मानिस सहभागी हुने प्रचण्ड–माधव समूहले दाबी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुई चिरा भएको नेकपाको प्रचण्ड–माधव समूहले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।


 

प्रतिक्रिया