नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी आज पुनरावलोकनमा जाने 

राम्रो अनलाइन     १७ चैत २०७७, मङ्गलबार
नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी आज पुनरावलोकनमा जाने 

काठमाडौँ । नेकपा खारेज गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादी केन्द्र आज पुनरावलोकनमा जाने भएको छ । रिट दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू आज बिहान साढे ११ बजे सर्वोच्च अदालत जाने माओवादी नेता लिलामणि पोखरेलले जानकारी दिए ।

नेकपा खारेज गरेर एमाले र माओवादी ब्युताउने आदेशविरुद्ध पुनरावलोकनका लागि रिट दर्ता गरेर एकताका लागि प्रयास जारी राख्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो । त्यही निण्र्णय अनुरुप आफूहरू सर्वोच्चमा जान लागेको पोखरेलले बताए । 

निर्वाचन आयोगमा दर्ता भएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले ओली र दाहाल अध्यक्ष रहेको नेकपाविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्दै आफू नेतृत्वको पार्टीलाई आधिकारिकता दिन माग गरेका थिए । 

फागुन २३ गते सर्वोच्चले कट्टेलको रिटमाथि सुनुवाई गर्दै ओली र दाहाल अध्यक्ष रहेको नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश जारी गरेको थियो । त्यही फैसलाविरुद्ध माओवादी सर्वोच्च जान लागेको हो । 

प्रतिक्रिया