नागरिकलाई खुशी बनउने गरी सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

राम्रो अनलाइन     २४ भदौ २०८१, सोमबार
नागरिकलाई खुशी बनउने गरी सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

 

काठमाडाैं – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। 

सोमबार मन्त्रालयमा नेकपा (एमाले)को शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

मन्त्री सिंहले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको जिकिर गरे । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढि जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको उनले स्पष्ट परे। उनले नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखे।

उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताए।

उनले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पुर्‍याउनुपर्नेमा सरकार लागिरहेको बताए । नेकपा (एमाले)को शहरी विकास विभागले शहर व्यवस्थित बनाउने सुझावसहितको ज्ञापनपत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।

प्रतिक्रिया