मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

 

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएको छन् । 

सङ्घमा सत्ता समीकरणमा भएको फेरबदलसंगै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागिएको हो । उनले विश्वासको मत लिनका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

अल्पमतमा देखिएका सोडारीले सदनबाट विश्वासको मत पाउन नसकेमा उनको नेतृत्वको सरकार स्वतः ढल्नेछ । सुदूरपश्चिम प्रदेशमा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यो प्रदेशमा मुख्यमन्त्रीको रूपमा काम गरेको तीन महिनाभन्दा बढी भएको छ । 

प्रतिक्रिया