काठमाडौं – मोरङ, बाँके र बारामा तीनजना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार, मोरङको रतुवामाई नगरपालिका–१० मौलाबारीस्थित रातेहोली खोलाको डिलमा पथरी शनिश्चरे नगरपालिका–५ बस्ने ४३ वर्षीय रमेश बस्नेत बुधबार मृत फेला परेका हुन् ।
यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित सडकछेउमा सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने ५५ वर्षीय हसनेन अलि खान बुधबार मृत फेला परेका प्रहरीले जनाएको छ ।
साथै, बाराको कलैया उपमहानगरपालिका–३ मा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत फेला परेका जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।