रुपन्देहीमा साढे १४ हजार सवारीसाधनलाई कारबाही, तीन करोड राजस्व संकलन

राम्रो अनलाइन     १० वैशाख २०८३, बिहिबार
रुपन्देहीमा साढे १४ हजार सवारीसाधनलाई कारबाही, तीन करोड राजस्व संकलन

बुटवल – ट्राफिक नियम पालना नगर्ने सवारी र चालक कारबाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तीन करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्ष ०८२ र ०८३ मंसिर १ देखि चैत मसान्तसम्म तीन करोड १० लाख २८ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । 

कार्यालय प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीका अनुसार, १४ हजार ६३९ वटा सवारीसाधनलाई गरिएको कारबाहीबाट उक्त राजस्व संकलन भएको हो ।

सोही अवधिमा रुपन्देहीमा ३८९ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार, यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७१ जना गम्भीर घाइते भएका छन् ।

तीव्र गति, मादकपदार्थरलागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने, चालकको लापरबाही, सडक संरचनालगायत कारणले सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक कार्कीले बताइन् । दुर्घटना हुनेमा धेरैजसो दुईपांग्रे (मोटरसाइकलरस्कुटर) छन् । 

कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न कार्य गर्दै आएको छ । 

प्रतिक्रिया