मोरङ – जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा जुवातास खेलिरहेका सोही महानगरपालिका–६ बस्ने ५७ वर्षीय खगेन्द्र गिरीसमेत ६ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार र तीन बुक ताससहित पक्राउ गरेको हो ।