भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना : एकको मृत्यु, २० जना घाइते

राम्रो अनलाइन     १० वैशाख २०८३, बिहिबार
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना : एकको मृत्यु, २० जना घाइते

काठमाडौं – प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।

बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते अधिकांशको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए । जीपका चालक भने नेपाली नागरिक हुन् । उनी पनि घाइते छन् ।

प्रतिक्रिया