हंगेरी र स्लोभाकियाका निम्ति रुसी तेल आपूर्ति पुनः सुरु

राम्रो अनलाइन     १० वैशाख २०८३, बिहिबार
हंगेरी र स्लोभाकियाका निम्ति रुसी तेल आपूर्ति पुनः सुरु

काठमाडौं – बेलारुस र युक्रेन हुँदै हंगेरी र स्लोभाकिया जाने रुसी तेलको प्रवाह बुधबारदेखि पुनः सुरु भएको छ । महिनौँदेखिको अवरोधपछि ‘द्रुज्बा’ पाइपलाइनमार्फत तेल आपूर्ति पुनः सुरु गरिएको हो ।

युक्रेन, हंगेरी र स्लोभाकियाबीचको गम्भीर तनावका कारण अवरोध उत्पन्न भएको थियो । इरान र पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जाको मूल्य बढेका बेला यो तनाव अझ चुलिएको थियो ।

तेल आपूर्ति पुनः सुरु भएसँगै युक्रेनका निम्ति ईयूको ९० अर्ब युरोको विशाल ऋण प्याकेजको बाटो पनि खुल्ने देखिएको छ । हंगेरी र स्लोभाकियाले तेल आपूर्तिमा अवरोध देखाउँदै पछिल्लो ईयू शिखर सम्मेलनमा यो ऋण रोकेका थिए ।

भूपरिवेष्ठित हंगेरी र स्लोभाकिया मस्कोमाथिको अत्यधिक निर्भरताका कारण रुसी तेलमा लगाइएको ईयू प्रतिबन्धबाट मुक्त छन् । हंगेरीको तेल समूह एमओएलले विज्ञप्ति जारी गर्दै युक्रेनी अपरेटरले बेलारुसबाट कच्चा तेल प्राप्त गर्न थालेको जनाएको छ ।

प्रतिक्रिया