काठमाडौं–सफल र चर्चित मोडेल करिश्मा ढकालको निजी जीवनमा भुईँचालो आएको छ । उनी आफ्नो प्रेम जीवनलाई लिएर गम्भीर कन्ट्रोभर्सीमा मुछिएकी छन् ।
रितु विष्ट नामकी महिलाले केही दिनअघि फेसबुक लाइभमा आएर आफ्नो श्रीमान् करिश्मासँग सम्बन्धमा रहेर घरपरिवारको बिचल्ली बनाएको भन्दै विलाप गरिन् । यससँगै उनका श्रीमान् बिजु विष्ट र करिश्माका थुप्रै अन्तरंग तस्बिरहरू पनि बाहिरिएका छन् । यी तस्बिरहरूको आधिकारिता भने पुष्टि हुन बाँकी छ ।
यो प्रकरणले अहिले टिकटकमा निकै भाइब्रेसन ल्याइरहेको छ । करिश्माले कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनको टिकटक एकाउन्ट प्राइभेट गरिएको छ । बिजु पनि मौन छन् ।
निकटवर्तिहरुका अनुसार करिश्मा र बिजु केही समयदेखि निकटतामा थिए । उनीहरू विभिन्न स्थानमा सँगै देखिने गर्थे । करिश्मा विदेश जाँदा विजु उनलाई छोड्न एयरपोर्ट पुग्थे । एकअर्काको फोटोहरूमा प्रेमिल प्रतिक्रिया दिने गर्थे । करिश्माले ‘लभ यू बिजु’ लेखेको कमेन्ट पनि भेटिएको छ ।
२८ वर्षीया करिश्मा अविवाहित हुन् । उनको प्रेम जीवनबारे थुप्रै गसिपहरु चल्ने गरे पनि स्वयम्ले भने अहिलेसम्म स्वीकारोक्ति गरेकी छैनन् । करिब ८ महिना अगाडिको एउटा अन्तरवार्तामा उनले आफू सिंगल रहेको बताएकी थिइन् । विवाहको कुनै सोच नबनाएको उनको भनाइ थियो ।
बिजुको भने पृष्ठभूमि राम्ररी खुलेको छैन । रितुले आफू भारतीय भएको बताएकी छिन् । सायद उनी नेपाली मूलकी भारतीय हुन् । आफ्नो श्रीमान् भारतबाट कामका लागि भनेर नेपालमा बसिरहेको रितुले बताएकी छन् । के काम भन्ने खुलाएकी छैनन् ।
बिजु र रितुका १५ वर्षका एक छोरा र करिब १० वर्षकी एक छोरी छन् । रितुले लाइभमा आउँदा आफ्नो छोरा र छोरीलाई पनि देखाएकी थिइन् । छोरीको स्वास्थ्य अवस्था ठिक नभएको उनको भनाइ छ । लाइभका क्रममा निरन्तर रोइरहेकी छोरी एक पटक बेहोससमेत बनेकी थिइन् ।
रितुका अनुसार करिश्माभन्दा अगाडि पनि बिजु अन्य युवतीहरूसँग सम्बन्धमा थिए । उनको आचरणका कारण आफूहरूको वैवाहिक जीवनमा लामो समयदेखि किचलो उत्पन्न हुँदै आएको उनले बताएकी छन् ।
‘पहिले पनि उसको एक जना केटीसँग सम्बन्ध थियो । मैले त्यो केटीलाई फोन गरेर सम्झाएपछि उ आफैँ कुरा बुझेर साइड लागी । करिश्माले भने उल्टै मलाई नै मानहानिको मुद्दा लगाउँछु भनेर धम्की दिइरहेकी छ,’ रितुले भनेकी छन् ।
करिश्माको परिवारलाई पनि आफूले फोन गरेको तर उल्टै उनीहरूले गालीगलौज गरेको रितुको आरोप छ । उनले एउटा कल रेकर्ड पनि सार्वजनिक गरेकी छन् । उक्त कल रेकर्डमा पुरुष आवाजले अश्लील गालीगलौज गरेको सुनिन्छ । यो आवाज करिश्माका दाजुको भएको रितुको भनाइ छ ।
लाइभमा रितुले पटकपटक आत्महत्या गर्ने कुरा गरेकी थिइन् । आफूबिना छोराछोरी बाँच्न नसक्ने भएकाले उनीहरूलाई पनि सँगै राखेर मर्ने उनले रुँदै बताएकी छन् । उनको लाइभकै क्रममा बाहिरबाट कोही व्यक्तिले ढोका ढक्ढक्याउँछन् । तर, उनले ढोका खोल्दिनन् ।
केहीबेरमा छोरीले ढोका खोलेर ती पुरुष भित्र पस्छन् । उनले सम्झाउँछन् । तर रितुले उनलाई ‘मेरो लाश लिन आएको हो रु’ भन्दै बाहिर पठाउँछिन् । एकछिनमा एक महिला पनि कोठामा प्रवेश गर्छिन् । उनले पनि सम्झाउन सक्दिनन् । आफूलाई अब प्रहरी मात्रै चाहिएको बताउँछिन् ।
रितुका अनुसार उनी आफ्नो बुवाआमाको कान्छी छोरी हुन् । उनी जन्मनु अगाडि नै पिताको मृत्यु भएको थियो । बिजुसँग प्रेममा परेपछि परिवारको असहमतिका बाबजुद भागेर बिहे गरेको उनले बताएकी छन् । त्यसयता परिवारसँग पनि सम्बन्ध टुटेको उनको भनाइ छ । आफूले दुख पाएका बेला परिवार र आफन्तले समेत साथ नदिएको गुनासो उनले गरेकी छन् ।
रितुले श्रीमानसँग अहिलेसम्म आफ्नो डिभोर्स नभएको र कुनै हालतमा नगर्ने बताएकी छन् । आफूले सानैमा बुवा गुमाएको र आफ्ना सन्तानलाई बुबाविहीन बनाउन नचाहेको उनको भनाइ छ । रितुका अनुसार एक वर्षअघि विजु घरमा आएका थिए । त्यसयता फर्केर आएका छैनन् ।
विजु र करिश्मा दुवै अहिले दुबईमा रहेको रितुको दावी छ । उनले भनेकी छन्, ‘मैले फोन गर्दा करिश्माले बिजु दुबईमा र आफू काठमाडौंमा भएको बताएकी थिई । तर भोलिपल्टै उ पनि दुबई पुगिसकेकी रहेछ ।’
एक घण्टा ५० मिनेटसम्म लाइभ बसेपछि भिडिओ बन्द गरिएको छ । उनको पछिल्लो अवस्था थाहा हुन सकेको छैन । यद्यपि, चार दिनअगाडि उनको फेसबुकबाट एउटा पोस्ट गरिएको छ, जसले उनी जीवित रहेको अनुमान गर्न सकिन्छ ।
लाइभमा आएर रितुले बोलेका प्रमुख कुराहरू यस्ता छन्
मनमा पीडा भएर पनि म कति हाँसेर हिँडे । मैले त उसलाई पैसा कमाउन पठाएको थिएँ । यहाँ घर धानेर बसेको थिएँ । आजसम्म सबै पीडा लुकाएर परिवारको मानसम्मान राखेँ । आफू ज्यूँदै मरेर बाँचेको थिएँ ।
श्रीमानबाट धोका भएपछि नातेदारहरुसँग गुहार मागेँ । फेमिली मिटिङ गरौँ भनेँ । सबैले महिला भएपछि सहनुपर्छ भनेँ । सुध्रिन्छ, सुध्रिन्छ भने । अब म मरेपछि सुध्रिन्छ रु मेरो मृत्युमा तिमीहरू कोही पनि मलामी नआउनु । मेरो लाश पनि छुनु पर्दैन । मलाई चाहिएको बेला कोही सपोर्ट गर्न आए रु म छोराछोरीको लागि बाँचेको थिएँ । एक्लै धाने दुई छोराछोरीलाई । कसैले सहयोग गर्यो रु उल्टै मैले छोराछोरीको नाममा ब्ल्याकमेल गरेको भनेको होइन रु
मलाई केही चिजको लालच छैन । मरेर नै इन्साफ मिल्छ भने मर्दिन तयार छु । मसित सबै प्रुफ छ । रेकर्ड पनि छ । भिडिओ पनि छ । ज्यूँदोमा पनि दिन्छु, मरेर पनि दिन्छु । कसैलाई हेर्नु छ भने मेरो घरमा आउनु ।
म फेमिली त्यागेको मान्छे हो । रोडबाट उठेको मान्छे हो । कति संघर्ष गरेँ । हर चिज गरेँ । मैले केवल छोरीको खुशी मागेको थिएँ । त्यो पनि मिल्दैन भने के गर्ने रु मेरो छोरी रोज–रोज रुँदा मलाई कस्तो हुन्छ रु कति पिडा हुन्छ रु
ती केटीहरुलाई फोन गरेर, म्यासेज गरेर सम्झाएँ । उनीहरूको फेमिलीलाई पनि सम्झाएँ । एउटालाई त साइड लगाएँ । उ समझदार थिई, आफ्नो बाटो लागी । यो केटीलाई पनि मैले सम्झाएको हो । अघिल्लो साल नै फोन गरेर ‘मेरो छोराछोरी छ’ भनेको हो । त्यसपछि उसले मलाई ब्लकमा राखी । उसको दाइभाउजुसँग पनि कुरा गरेको हो । उसको दाइले के के भनेको छ सुनाइदिऊँ रु मलाई मानहानिको मुद्दा हाल्छु भनेको होइन रु
मैले के गर्न पर्ने हो रु नांगो फोटो राख्दिनुपर्ने हो रु मेरो छोराछोरी देखेको छैन रु आँखा फुटेको छ रु यति ठूलो इज्जत गिराइदिएको होइन रु मैले बचाएर राखेको इज्जत पानीमा मिलाएको होइन रु म अरुजस्तो बजारु केटी होइन, संस्कारी केटी हो । मेरो ब्याकग्राउन्ड हेरे हुन्छ ।
अर्काको जिन्दगी बर्बाद गरेर आफ्नो लाइफ बनाउने रु मैले बारम्बार सम्झाएको हो, बिको लाइफबाट आउट हुनु । काम गर्न दिँदैन रे बिज्जुले । छोडेर जा न त । अन्त काम नपाउने हो तैले रु एक सालदेखि मेरो छोराछोरीसँग आएको छैन उ । अझै कति एल्बम बनाउने हो रु कुन मिडिया लिएर आउने हो ल आइज ।
म आजसम्म उसको श्रीमती नै हो । डिभोर्स दिएको छैन । मिडियाको ध्वाँस मलाई नदिनु । तिमीहरुले मिडिया किन्न सक्छौ होला । म नकिनेर पनि गर्न सक्छु । लोग्नेमान्छेले त के के भन्छ भन्छ । ब्याकग्राउन्ड चेक गरेर ब्वाइफ्रेन्ड बनाउनु पर्छ । सिंगल केटोलाई हेरेर बिस्तरा तताउनु ।
अस्ति मसित कुरा गरेर हिजो फेरि बिज्जुसँग दुबई पुगिसकेको ? कहिलेसम्म लुकेर ऐयासी गर्ने ? मोडलको नाममा धब्बा ।
यस प्रकरणबारे नेपाल प्रेसले करिश्मासँग बुझ्न खोज्दा मोबाइल नम्बरमा फोन गर्दा स्वीच अफ थियो । उनी पछिल्ला दिनहरुमा गुमानाम बनिरहेकी छन् ।