प्रधानमन्त्री बालेनलाई राष्ट्रपतिको सुझाव : सबैलाई साथमा लिएर स्थिति साम्य पार्नुहोस्

राम्रो अनलाइन     १४ साउन २०८३, बिहिबार
प्रधानमन्त्री बालेनलाई राष्ट्रपतिको सुझाव : सबैलाई साथमा लिएर स्थिति साम्य पार्नुहोस्

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव क़ायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सनुसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए ।

राष्ट्रपतिलेका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका थिए ।

‘देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो’ सल्लाहकार पोखरेलले भने ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था क़ायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री शाहले बिहीबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकहरूको जिउधन सुरक्षाका लागि अझ जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूबीच १५ मिनेट कुराकानी भएको थियो ।

प्रतिक्रिया