बोल्ड एन्ड ब्युटीफूल करिश्मा 

राम्रो अनलाइन     १२ पुस २०८१, शुक्रबार
बोल्ड एन्ड ब्युटीफूल करिश्मा 

एक समय नेपाली सिने जगतमा चर्चाको शिखरमा पुगेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । एउटा जमाना यस्तो थियो, राजेश हमाल र करिश्मा मानन्धरबिना फिल्म नै बन्दैन्थे । यो जोडी नभएको सिनेमा पाउन मुश्किल थियो । 

तर, समय सधैँ  करिश्माको बसमा रहेन । समयको चक्र घुमिरह्यो । त्यो चक्रसँगै उनको सिनेयात्रा अघि बढ्यो । करिब आधा दशक अमेरिका बसिन्, उनी । त्यसपछि विभिन्न फिल्ममा काम त गरिन् तर, दर्शकको ऊबेलाको माया पाउन सकिनन् । केही समय उनी राजनीतिमा पनि सक्रिय भइन् । 

ललितपुर, झरुवासारीमा ४३ वर्षअघि जन्मिएकी उनी २०४२ सालमा पहिलो नेपाली सिनेमा ‘सन्तान’मा अभिनय गर्दा १४ वर्षकी थिइन् । भुवन केसीसँग गरेको अभिनय उनका लागि सिने क्षेत्रको पहिलो खुड्किलो बन्यो । त्यसपछि ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘भाउजू’, ‘साथी’, ‘रणभूमि’, ‘बसन्ती’, ‘बासुदेव’लगायत दर्जनौँ हिट फिल्म दिइन् । सयौँ फिल्ममा अभिनय गरिन् । 

सन् २००७ मा उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी उनले निर्देशक विनोद मानन्धरसँग विवाह गरिन् । चार दशकको उमेर पार गरेपछि उनले छुटेको स्कुलको पढाई पूरा गरिन् । आफ्नो जीवनबाट निराश नभएको उनको भनाइ छ । भन्छिन्, ‘जीवनसँग मलाई कुनै गुनासो छैन ।

प्रतिक्रिया