अभिनेत्री भावना गुरुङ सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । घत पर्ने स्टाटस लेखेर होस या बोल्ड फोटो पोस्ट गरेर उनी आफूलाई फ्लोअरमाझ पपुलर बनाइरहेकी हुन्छिन् । फोटोजेनिक गुरुङका बोल्ड तथा आकर्षक तस्बिरले उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरू बढ्दै गएका छन् । भावना मौसम र परिवेश अनुसार आउटफिट छनोट गर्न र तस्बिरका पोज दिन माहिर छिन् । रेड पहिरनमा भावन सेक्सी देखिएकी छिन् । उनी र्याम्प वाकमार्फत मोडलिङमा प्रवेश गरेकी हुन् । र्याम्प वाकसम्बन्धी आधारभूत तालिम भर्खरै सकिएको थियो,’ उनी भन्छिन्, ‘त्यही बेला एउटा सोमा र्याम्प वाक गर्ने अफर आयो । सोमा मेरो आत्मविश्वास देखेर सबैले मोडलिङमा केही गर्न सक्छौ भनेर हौसला दिए । त्यसपछि यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो ।’ डान्स र अभिनय क्लास लिएकी उनी कोरियोग्राफी पनि गर्छिन् । तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी उनले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले गुरुङ भाषाको फिल्म ‘भुली गए पाप लाग्ला’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । उनको डेब्यू नेपाली फिल्म चाहिँ ‘स्वर्ग मेरो गाउँ’ हो ।







