राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

राम्रो अनलाइन     १५ भदौ २०८३, सोमबार
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

काठमाडौँ–राष्ट्रपति रामचन्द्र  पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन्।

राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया