साडीमा खुलेकी अभिनेत्री वर्षा सिवाकोटी

राम्रो अनलाइन     १९ साउन २०८१, शनिबार
साडीमा खुलेकी अभिनेत्री वर्षा सिवाकोटी


अभिनेत्री वर्षा सिवाकोटी जति सुन्दर छिन्, अभिनय कौशलमा पनि उत्तिकै प्रतिभाशाली छिन् । उनी अभिनित फिल्म ‘मोदीबेनी’ फिल्म हलहरू चलिरहेको । करिब एक दशकअघि ‘नाइँ नभन्नु ल २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनी त्यसको एक वर्षपछि रिलिज भएको ‘पशुपतिप्रसाद’ बाट सबैको नजरमा परिन् । अर्थात् उनी यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा स्थापित भइन् । उनको अभिनय यात्रा त्यसपछि निरन्तर अघि बढिरहेको छ । हालसम्म एक दर्जनजति फिल्ममा अभिनय गरिसकिन् भने थुप्रै म्युजिक भिडियोमा समेत उनी देखिइन् । तर उनकै भनाइअनुसार वर्षा आफ्नो फिल्मी यात्रामा खास सन्तुष्ट हुने अवस्थामा भने पुगिसकेकी छैनन् । ‘हुन त आफ्नो कामबाट कोही पनि पूर्ण सन्तुष्ट हुन सक्दैन, हुनु पनि हुँदैन,’ वर्षा भन्छिन्, ‘सोचेजस्तो सबै फिल्म सफल पनि हुँदैनन् र हरेक ब्यानरमा सबै जना अटिंदैन पनि । पशुपतिप्रसादबाटै मलाई अहिले पनि धेरैले चिन्नुहुन्छ । यो एक हिसाबले खुसीको कुरा पनि हो । तर यसको ह्याङलाई मेट्नुपर्ने समय चाहिं आयो भन्ने लाग्छ ।’ वर्षाले हालै ‘छक्कापञ्जा ५’ को छायांकन सकेकी छिन् । फेसन डिजाइनर विश्व गौतमले तयार पारेको साडीमा उनी निकै सुन्दर देखिएकी छिन् । 

प्रतिक्रिया