मांसाहारी आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा लगिनेछ : गृहमन्त्री बादल

राम्रो अनलाइन     २३ माघ २०७७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले ‘मांसाहारी आन्दोलन’ गर्नेहरूलाई चिडियाखानामा लाने बताएका छन् । सो समूहले काठमाडौँमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेकपाको अर्को खेमाका अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई संकेत गर्दै ‘मांसाहारी आन्दोलन गर्ने अपराधीलाई’ जावलाखेलको चिडियाखानामा थुन्ने बताएका हुन् ।

‘मांसाहारी आन्दोलन गर्ने भन्दै हिँडिरहेका छन्’, उनले भने, ‘हाम्रो संविधानले त्यस्तालाई अपराधी मानेकोछ । तिनीहरूलाई जावलाखेलको जूमा लगिनेछ ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि नेकपा दुई चिरा भएको छ । प्रचण्ड–माधव समूह सडक आन्दोलनमा उत्रिएको छ भने ओली समूह चुनावमा जाने बताइरहेको छ ।

यी दुबै समूहले शक्ति प्रदर्शन गरिरहेका छन् । आज नारायणहिटी अगाडि ओली पक्षले सभा गरेको छ ।

प्रतिक्रिया