माघ १८ गतेका लागि संसद्‌ अधिवेशन आह्वान 

राम्रो अनलाइन     ०८ माघ २०८१, मङ्गलबार
माघ १८ गतेका लागि संसद्‌ अधिवेशन आह्वान 


काठमाडौँ– हिउँदे अधिवेशनको आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आह्वान गरेका हुन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद्‌को हिउँदे अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्रिपरिषदको सिफारिसमा सो आह्वान भएको हो ।

प्रतिक्रिया