काठमाडौँ, : नेकपा (एमाले) का पूर्वमहासचिव माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि भइरहेको वार्तालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाउपेचको रुपमा दुरुपयोग गरेको आरोप लगाएको छ।
नेपाली पक्षका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूको बैठकबाट पारित प्रस्तावमा भनिएको छ, “केपी ओलीले वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्दै आफ्ना स्वेच्छाचारी क्रियाकलाप जारी राख्नुभयो।”
केन्द्रमा वरिष्ठ नेताहरू, कार्यदलका संयोजक सहित ११ जनालाई निश्काशित गरेको, १२ जनालाई स्पष्टीकरण सोेधेको र प्रदेश, जिल्ला र स्थानीय कार्यकर्तालाई निश्काशन र स्पष्टीकरण सोध्ने लगायतका स्वेच्छाचारी कार्य गरेको प्रस्तावमा उल्लेख छ।