लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीद्वारा पदभार ग्रहण

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीद्वारा पदभार ग्रहण

 

काठमाडाैं – लुम्बिनी प्रदेशका चौथो प्रदेश प्रमुखको रुपमा रोल्पाका कृष्णबहादुर घर्तीले शुक्रबार पदभार ग्रहण गरेका छन्।सङ्घीयता कार्यान्वयनयता ७ वर्षमा लुम्बिनीले ४ जना प्रदेश प्रमुख पाएको छ । संविधानले प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष भने पनि केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख पनि फेरिने गरेका छन् । 

२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारको पालामा उमाकान्त झा पहिलो प्रदेश प्रमुख बनेका थिए । २०७६ कार्त्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाएको थियो। त्यसपछि बनेको देउवा सरकारले यादवलाई हटाएर २०७८ साल साउन १३ गते अमिक शेरचनलाई प्रदेश प्रमुख  बनाएको थियो। साउन १४ गते केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर रोल्पाका कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएको हो ।

बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिनुभएका घर्तीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेका छन्। त्यसअघि उनीलाई मुख्यमन्त्री चेतनारायण आचार्य, मन्त्री भूमिश्वर ढकाल, प्रदेश प्रमुख कार्यालयका सचिव बेदप्रसाद खरेल तथा अन्य कर्मचारीले कार्यालयमा स्वागत गरेका थिए। 

प्रतिक्रिया