ललिता निवासमा निर्माण भएका घर टहरा हटाउन भूमि व्यवस्थामन्त्रीको निर्देशन (पत्रसहित)

राम्रो अनलाइन     १२ चैत २०७७, बिहिबार
ललिता निवासमा निर्माण भएका घर टहरा हटाउन भूमि व्यवस्थामन्त्रीको निर्देशन (पत्रसहित)

काठमाडौं–  बालुवाटारमा रहेको ललिता निवासभित्र सरकारी जग्गामा घर टहरा निर्माण नगर्न र गर्न लागिसकेको भए रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले निर्देशन दिएकी छन् । घर टहरा निर्माण नरोकिएको भन्दै मन्त्री डा. तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णय गर्दै रोक्न निर्देशन दिएकी हुन् । 

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै मन्त्रीस्तरबाट  नक्सापास र संरचना निर्माण रोक्ने निर्णय भएको भन्दै पत्राचार  गरेका छन् । 

मन्त्रालयले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको हो ।

 मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेको भन्दै त्यहाँ नयाँ निर्माण गर्न लागिएका र पुराना निर्माण भइरहेका संरचना रोक्न निर्देशन दिएकी हुन् । 

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया