काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।
ओलीसँग भेट्नुअघि वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक बसेको थियो । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको बताइएको छ ।
माधव समूहले पार्टीका सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने माग राखेको छ । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, ‘कार्यविभाजन कुनै बेला परिर्वतन हुन्छ । उहाँहरु पार्टीमा फर्किएर काममा लाग्नेवित्तिकै स्वभाविक रुपले जिम्मेवारीमा पुनर्विचार गर्न सकिन्छ ।’ ज्ञवालीले माधव समूहका नेताहरूलाई पार्टीको स्थायी कमिटिको ढोका बन्द नगरेको बताएका छन् ।