कर्णालीका मुख्यमन्त्री कँडेलले भाेलि विश्वासको मत लिने

राम्रो अनलाइन     २० साउन २०८१, आइतबार
कर्णालीका मुख्यमन्त्री कँडेलले भाेलि विश्वासको मत लिने

 

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन्। आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

कँडेलले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए। केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो।

४० सदस्यीय कर्णालीको प्रदेशसभामा कांग्रेस र एमाले स्पष्ट बहुमतमा रहेका छन्। प्रदेशमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन्। त्यस्तै माओवादी केन्द्रका १३ तथा राप्रपा एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सांसद छन्।

प्रतिक्रिया