कर्णाली प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
कर्णाली प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण


सुर्खेत– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । हिजो मात्रै राष्ट्रपतिबाट सपथ लिएर आज बिहान काठमाडौँदेखि सुर्खेत पुगेका प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको एक विशेष कार्यक्रमकावीच चौथो प्रदेश प्रमुखका रुपमा कार्यभार सम्हालेका हुन्। यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

पदभार ग्रहणपछि प्रदेश प्रमुख जोशीले सबै पक्षसँग सहकार्य गरी अघि बढ्ने बताए । पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास शेरबहादुर बुढा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले प्रदेश प्रमुख जोशीलाई कर्णाली प्रदेशको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया