किन हच्किए देउवा 

राम्रो अनलाइन     ०९ वैशाख २०७८, बिहिबार
किन हच्किए देउवा 

काठमाडौं, ९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन चासो नदेखाएको आरोप खेप्दै आएका नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले बहुमत सुनिश्चित नभएकाले अविश्वासको प्रस्ताव दर्ता गर्न हच्किएका छन् । 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताले अविश्वासको प्रस्ताव दर्ता गराउन दबाब दिएपनि सभापति देउवाले जनता समाजवादी पार्टी (जसपा) ले औपचारिक निर्णय नगर्दासम्म बहुमत संख्या नपुग्ने भन्दै अविश्वासको प्रस्ताव दर्ता गराउन नमानेका हुन् । 
देउवाले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा माओवादी अध्यक्ष दाहालसँग धेरै चरणमा अनौपचारिक संवाद गरिसकेका छन् । 
 

प्रतिक्रिया