केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह

राम्रो अनलाइन     ०३ असोज २०८१, बिहिबार
केन्द्र सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री शाह

 

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार प्रत्यायोजनमा गरेमा प्रदेश सरकार बलियो हुने बताएका हुन्। 

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका संयोजक समेत रहनु भएका मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। केन्द्रीकृत मानसिकताका कारण अधिकार प्रत्यायोजन नगरिएको उहाँको गुनासो छ । उनले अधिकार नहुँदा नै प्रदेशको विकासमा समस्या भइरहेको बताए। 
 । 

उनले भने, 'सङ्घीय सरकारले प्रदेशका अधिकार पूर्णरुपमा प्रत्यायोजन नगर्दासम्म जनताको अपेक्षाअनुसार काम गर्न कठिन हुन्छ ।' मुख्यमन्त्री शाहले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा सङ्घात्मक शासन प्रणाली यो संविधानको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

साझा शासन र स्वशासनको उचित तालमेल मिलाइ सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको दिगो व्यवस्थापन गर्न वर्तमान संविधानले दिशानिर्देश गरेकाले त्यसको कार्यान्वयनका लागि सबैको योगदान हुनुपर्ने बताए ।

उनले सकारात्मक प्रयास र प्रयत्नका गरिरहँदा पनि नागरिकको अपेक्षालाई ठोस रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गरे । उनले सुदूरपश्चिम जनताका विकासको चाहनाअनुसार सरकार काम गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह पार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू सुरक्षा अधिकारी, निजामती कर्मचारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया