काठमाडौंको बाँसबारीमा रहेको इभेन्ट भेन्यू ‘रामालय’ आयोजित फेसन शो (तस्बिरहरू)

राम्रो अनलाइन     १८ साउन २०८३, सोमबार
काठमाडौंको बाँसबारीमा रहेको इभेन्ट भेन्यू ‘रामालय’ आयोजित फेसन शो (तस्बिरहरू)

अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार, प्रडक्ट लञ्ज, कन्सर्ट, फेसन शो, ब्युटी प्याजेन्ट, कलेज तथा स्कुलका कार्यक्रम, सिनेमको प्रिमियर, शुभमुहर्त आदि आयोजना गर्नका लागि रामालय उत्कृष्ट भेन्यू हो । ‘नेपालका पाँच तारे, सात तारे होटलहरूमा उपलब्ध हुने ब्यांक्वेट हलले प्रदान गर्न नसक्ने सेवा, सुविधा र सामग्री समेटेर रामालय निर्माण गरिएको छ । चार पङ्ग्रे गाडी, मोटरसाइकल एवं हलुका सवारी साधन लञ्चिङका लागि स्टेजसम्मै पुर्‍याउन सकिने गरी रामालय निर्माण गरिएको छ । हलुका सवारी साधनलाई स्टेजमै राखेर लञ्चिङ कार्यक्रम आयोजना गर्न सकिने भेन्यू नेपालमा उपलब्ध नरहेको अवस्थामा रामालायले यो सुविधा प्रदान गरिरहेको छ ।

जोकोहीलाई मन्त्रमुग्ध पार्ने एलइडी सिलिङ प्रणाली, उत्कृष्ट इन्टेलिजेन्ट एन्ड हाइड्रोलिक लाइटिङ सिस्टम, व्यावसायिक एकोस्टिक्स (साउण्ड सिस्टम), उत्कृष्ट भित्री सजावट र स्वचालित मुड सेटिङ जोनहरूका कारण  रामालय निकै भव्य र अकर्षक देखिन्छ ।  

प्रतिक्रिया