जूट फेशनले शुरु गर्‍यो नयाँ ई–कमर्श वेबसाइट

राम्रो अनलाइन     ०५ असोज २०८२, आइतबार
जूट फेशनले शुरु गर्‍यो नयाँ ई–कमर्श वेबसाइट

काठमाडौं–आधुनिक पुरुषहरूको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np/ नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि २०८२ असोज ६ गते सार्वजनिक गरेको छ । नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकवर्गहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ, जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसन प्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसन प्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्छन् ।

कम्पनीका संस्थापक तथा सिइओ, श्याम रत्न माली भन्नुहुन्छ ‘फेशन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईँ हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ । जूट फेशनको यात्रामा हामीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहेनेछौं ।’ 

नयाँ वेबसाइतको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकवर्गले ३५ प्रतिशतसम्मको छुटका साथै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट पनि प्राप्त गर्नुहुनेछ ।

 

प्रतिक्रिया