काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ ।
आज काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ । त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ ।