कांग्रेस संसदीय दलको बैठक आह्वान

राम्रो अनलाइन     १४ असोज २०८१, सोमबार
कांग्रेस संसदीय दलको बैठक आह्वान

 

काठमाडौँ –  सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले बताए । 

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।  ‘समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो‚’ खतिवडाले भने ।

 

प्रतिक्रिया