काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आज राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।