जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख घिमिरे

राम्रो अनलाइन     २१ जेठ २०८२, बुधबार
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख घिमिरे

काठमाडौँ–सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एकढिक्का भई लाग्न अत्यावश्यक औँल्याएका छन् । 

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना उनले जातीय विभेद वा छुवाछूत कुनै वर्ग विशेषको मात्र समस्या नभइ यो सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यताको नै साझा चुनौती भएको बताए। उनलेसबैले आआफ्नो क्षेत्रबाट समानताको पक्षमा आवाज उठाउँदै समतामूलक समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउनु आजको आवश्यकता भएको उल्लेख गरे।

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

उनले भनेका छन्, “नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र र समतामूलक समाज निर्माणको आधार तय गरे व्यवहारमा अझै छुवाछूत, विभेद, बहिष्कार, हिंसा र अन्यायका रूप उन्मूलन हुन बाँकी छन् ।” 

राष्ट्रिय दिवसले हामी सबैमा आत्मसमीक्षा, सामाजिक उत्तरदायित्व र संवेदनशीलता बोध गराउँदै सामाजिक न्यायको पक्षमा अग्रसर रहन थप प्रेरणा प्रदान गरोस् भन्ने उनले कामना गरेका छन्।

प्रतिक्रिया