इजरायलका लागि नेपालको आवासीय राजदूतमा पण्डित नियुक्त

राम्रो अनलाइन     २१ कात्तिक २०८१, बुधबार
इजरायलका लागि नेपालको आवासीय राजदूतमा पण्डित नियुक्त

 

काठमाडौँ –  इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई राजदूत पदमा नियुक्त गरेका हुन् । 

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रतिक्रिया